आफ्नो जस्तै अरुको अधिकारको पनि सम्मान गरौं : प्रधानमन्त्री


२६ श्रावण २०७९, बिहीबार
deuwa 1 scaled
फाइल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका छन् । नेपाल प्राध्यापक संघको ६०औं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवार हुन सबैमा अनुरोध समेत गरेका थिए ।

उनले विश्वविद्यालयमा भएको राजनीतिक अस्वस्त प्रतिस्पर्धालाई अन्त्य गर्दै देश र समाजका लागि उपयोगि शिक्षित जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । ‘गौरवमय त्रिभुव विश्वविद्यालय र अन्य विश्वविद्यालयको गरिमालाई बचाइराख्न प्राध्यापक, प्राज्ञ पदाधिकारी, र विद्यार्थीबीचको सुमधुर सम्बन्ध कायम गर्दै विश्वविद्यालयका चुनौति र समस्याहरुलाई आपसी समहतिमा हल गर्नु आजको आवश्यक्ता हो’ उनले भनेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गर्दै माग उठाउदा जिम्मेवार भएर विश्वबिद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका हुन् ।

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाई छ । त्यस्तै उहाले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी सम्वाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका छन् ।

उनले विश्व बजारमा प्रतिस्पर्धामा जानसक्ने विद्यार्थी उत्पादन गर्ने चुनौति विश्वविद्यालयकोसँग रहेको पनि बताएका छन् । उनले विश्व बजारको लागि नेपाली विद्यार्थीलाई तयार गर्नु पर्ने चुनौति आफूले देखेको भन्दै प्राध्यापकहरु र विश्वविद्यालयले यसबारे गम्भिर भएर सोच्नु पर्ने बाध्यता रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७