आयल निगमका पूर्व कार्यकारी प्रमुख शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट फेरि दोषी ठहर


२७ श्रावण २०७९, शुक्रबार
sarbochha 1

काठमाडौ । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोस्रोपल्ट पनि दोषी ठहर भएका छन् ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोजकुमार शर्मा र कुमार चुडालको पूणर् इजलासले शर्मालाई दोषी ठहर गरेको हो । शर्माको मुद्दामा सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो । ०७२ जेठ १२ गते सर्वोच्चमा पुनरावेदन भएपछि यो मुद्दामा दोस्रो पटक सुनुवाइमा गएको थियो । यसअघि यो मुद्दामा सर्वोच्चको संयुक्त इजलासले फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलाशले २०५५ वैशाख ३० गतेदेखि उनलाई दोषी ठहर गरेको थियो । २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका थिए ।

उनले पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो । सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७