भदौमा यी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने


२७ श्रावण २०७९, शुक्रबार
khop balbalika 1

काठमाडौँ । सरकारले आउँदो भदौं महिनामा ५० जिल्लाका पाँचदेखि १२ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिड-१९ (कोरोना) विरुद्धको खोप लगाइने भएको छ । सो उमेर समूहका बालबालिकालाई भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा कोरोनाविरुद्धको फाइजर खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

खोप प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्यादी, पर्वत, स्याङ्जा, तनहुँका बालबालिकालाई उक्त खोप दिइनेछ ।

लुम्बिनी प्रदेशमा कपिलबस्तु, अर्घाखाँची, गुल्मी पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । कणर्ाली प्रदेशका पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट जिल्ला र सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लामा दोस्रो चरणको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७