अभिनेता सुदर्शन गौतम आठ वर्षपछि ‘कमव्याक, एक्स-९ मा अनुबन्धित


२८ श्रावण २०७९, शनिबार
Sudarshan Gautam

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’ बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् ।

केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् ।

सुदर्शनले राम्रो टिम र बलियो चरित्र भएकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए । एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । उनी क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित छन् ।

फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७