सिट बाँडफाँटबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै


२८ श्रावण २०७९, शनिबार
sanepa congress

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका लागि सिट भाग लाउनुपर्ने चटारो छ । देशभरका १६५ सिटकै अवस्था विश्लेषण गरेर कांग्रेसले सिट दाबी गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाका लागि झण्डै सय सिट पार्टीले पाउनुपर्ने दाबी कांग्रेसका नेताहरूले गर्दै आएका छन् । तर, गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीका नेताहरू कांग्रेसलाई सय सिट दिन तयार छैनन् । यसबारे कांग्रेसले शनिबारको बैठकमा छलफल गर्नेछ । गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७