बहिनीको प्रेमीको हत्या आरोपमा दुई जना पक्राउ


२९ श्रावण २०७९, आईतवार
Pritam patel

पर्सा । पर्सा प्रहरीले बहिनीको प्रेमीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका-५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रल्हाद कार्की रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शंकामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका-१६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।
२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार वेपत्ता भएको भन्दै उनका बाबुले प्रहरीमा उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेका प्रहरीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७