पाँच दलभित्रको चुनाव चिन्हमा जो टाँसिन्छन, मिसिन्छन्, आपत्ति छैन : उपसभापति गुरुङ


३१ श्रावण २०७९, मंगलवार
Dhanraj Gurung

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन पाँच दलको चुनाव चिन्ह लिएर निर्वाचन लड्न कोही आउँछ भने त्यसमा आपत्ति जनाउन नहुने बताएका छन् ।

डा. बाबुराम भट्टराई र वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा लडने निणर्य भए लगत्तै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपसभापति गुरुङले भट्टराई र गौतम माओवादी केन्द्रले पाउने सिट भित्रबाटै लडने दावी गरे । गुरुङले भने, ‘जो मिसिए पनि उहाँहरु समेत पाँच दलीय गठबन्धन भित्र हुने सहमतिअनुसार नै चुनाव लडने बताए ।’ गठबन्धन दलबीच सिट बाँडफाँटमा कुनै विवाद नरहेको बताउँदै गुरुङले कांग्रेसले अधिकतम सिटका लागि प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७