माओवादी र एकीकृत समाजवादीबीच एकीकरण हुने, एकता संयोजन समिति बनाइँदै


३१ श्रावण २०७९, मंगलवार
Prachanda Madhav

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने तयारी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुमाझ पार्टी एकता हुन लागेको खुलासा गरेका हुन् । प्रचण्डले नौ वर्षपछि माओवादीकै चुनाव चिह्नबाट लड्न तयार डा. बाबुराम भट्टराईसँग पनि एकता तयारी भइरहेको उल्लेख गरेका छन् ।

‘बाबुरामजी र म अब एक ठाउँमा उभियौं । यसको ठूलो राजनीतिक अर्थ रहेको छ’, उनले भने, ‘हामी अब माधव नेपालहरुसँग पार्टी एकताको तयारीमा छौं । त्यसका लागि हामीले एकता संयोजन समिति बनाउँदैछौं ।’

उनले माधव नेपालहरुसँग एकताका लागि नामबारेमा छलफल भइरहेको पनि खुलाए । प्रचण्डले पार्टीको नामबारेमा पनि अहिलेबाटै छलफल भइरहेको बताउँदै एकता भने चुनावपछि मात्रै हुने खुलाएका छन् । ’नयाँ पार्टीको नाम त नेपाल कम्युनिष्ट पार्टी नै हुन्छ’, प्रचण्डले भने, ‘त्यसमा हामी सहमतिमा समाजवादी पनि थप्न सक्छौँ वा त्यस्तै केही हुन सक्छ । तर नेकपामा भने हाम्रो सहमति भइसकेको छ ।’ उनले भने, ‘भविष्यसम्म हामी मिलेरै जानुपर्छ भन्ने भएका छौं, अब मिलेर जानुको विकल्प छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७