मुस्लिम समुदाय भर्‍याङ मात्र बन्नु भएन : मन्त्री चौधरी


१ भाद्र २०७९, बुधबार
Metmani Chaudhary

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् ।
जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ। प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’

सीमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए ।

त्यसैगरि उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७