सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँटबारे छलफल


२ भाद्र २०७९, बिहीबार
21 Shares
Satta Gathbandhan Push 19 1024x463 1

काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ ।

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका थिए तर त्यसको खाका तयार पार्न नसकेपछि कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । कार्यदलको संयोजकमा कृष्ण सिटौला छन् । हिजो (बुधबार) दिउँसो सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । सो कार्यदलका संयोजक एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बैठकका क्रममा नेताहरुसँग भेट्न बाँकी रहेको बताएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिट संख्याको मोडालिटी र दलहरूको जनमतबारे बैठकमा कुरा भए पनि निणर्य पुग्न पाँचै दलका शीर्ष नेतासँग बस्नुपर्ने निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

‘हिजोको बैठकमा संयोजकले पार्टीका शीर्ष नेता भेट्न बाँकी रहेको सुनाउनु भयो,’ ती सदस्यले भने, ‘होमवर्क पूरा नभएको भनेर कसैबाट ठोस प्रस्ताव पेश भएन ।’ पाँच दलले विभिन्न मोडलमा सिट बाँडफाँट गर्ने प्रस्ताव गरेका छन् । जसमा स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत प्रस्ताव भएका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७