बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सिट फाँटफाँटबारे छलफल


३ भाद्र २०७९, शुक्रबार
Satta gathabandhan meeting Thrusday

काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।

अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु भएको हो । बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने जनाइएको छ ।

सिट बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निणर्य गरेको छैन । कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका छन् । गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७