न्युरोडको सुरज अर्केडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग


१३ भाद्र २०७९, सोमबार
mahanagar

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ ।

अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७