राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा रायमाझी


१३ भाद्र २०७९, सोमबार
Mmesh jung Rayamajhi

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) रायमाझीलाई संसदीय दलको नेताका रुपमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित‚ २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य रायमाझीलाई संसदीय दलको नेतामा मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारी थिए ।

cong

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७