देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न पुगे शीतलनिवास


१३ भाद्र २०७९, सोमबार
deuba and bidya h9KWv9H9b3

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीले बोलाएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास गएका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच केही असमझदारीको अवस्था देखिएको छ । यसै विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको अनुमान नेताहरूले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७