झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित


१४ भाद्र २०७९, मंगलवार
SG Myagdi IMG 2236 scaled
फाइल फोटो

मोरङ । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् । प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन ।

जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले घेरिएकाले पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो । वडा अध्यक्ष अनिलकुमार ठाकुरले वर्षायाममा नजिकैको टोलमा पुग्न घण्टौ हिड्नुपर्ने समस्या अन्त भएको बताए ।

‘खोला तर्न नसक्नेले आधा किलोमिटर बाटोको दुरी कायम गर्न करिब पाँच किलोमिटर धुमेर पुग्नु पर्ने बाध्यता थियो’, वडा अध्यक्ष ठाकुरले भने, ‘झोलुङ्गे पुलले सहज बनायो ।’ साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयले झोलुङ्गे पुल बनेसँगै सहजआवतजावत गर्न बनेको छ ।

वडाकै ववनटोली र जयरामपुरको बीचमा पर्ने जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा उत्साहित भएको स्थानीय ७३ वर्षिय सरुपलाल मलाहले बताए । झोलुङ्गे पुल बनेपछि आधा दर्जन वस्तीका करिब पाँचहजार व्यक्तिलाई आवतजावत गर्न सहज भएको उनको भनाइ थियो । स्थानीय नारायण कामतले खोला तर्नुपर्ने समस्याबाट मुक्ति पाएको बताए ।

कूल २५ मिटर झोलुङ्गे पुल ३६ लाख लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिए । निर्माण सम्पन्न भएपछि दुवै बस्तीसँगै भारत विहारको सुनरीमण्ड सहित सीमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीयालगायतका वासिन्दालाई आवतजावत गर्न सहज भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७