नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको अर्धशतक


१४ भाद्र २०७९, मंगलवार
Nepali Cricket scaled

काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी-२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १७६ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २-२ विकेट लिए । यसअघि भएका चार टी-२० मा दुबै टिमले २-२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७