नेपालमा आज आईसीसी विश्वकप ट्रफी सार्वजनिक गरिदै


१५ भाद्र २०७९, बुधबार
trafi 06wqfwDmm5

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज (बुधबार) सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।

आज ट्रफीलाई पुनः सगरमाथा र गोक्यो पुर्‍याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११ः३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ ।

आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइनेछ । टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७