प्रतिबन्धित लागुऔषधसहित गुरागाई पक्राउ


१५ भाद्र २०७९, बुधबार
aJaYaCa

काठमाडौं । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।

गत १२ भदौमा चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरागाईउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७