सुर्खेत गएनन् प्रचण्ड


१६ भाद्र २०७९, बिहीबार
Prachanda 5
फाइल फोटो

सुर्खेत । पूर्व निर्धारित कार्यक्रम अनुसार कणर्ाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।

सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । शुक्रबार एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा माओवादी केन्द्र कणर्ाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

कणर्ाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेतमा बिहीबार हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत , जनार्दन शर्मा भने सहभागी हुनेछन् ।

बिहीबारको बैठकमा कणर्ालीमा माओवादीले चुनावमा गरेको भित्री आंकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ । चुनावको मुखैमा मन्त्री फेरबदलले माओवादी वृत्तमा ठूलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तवाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।

बुधबार मात्र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिँदै गर्दा कणर्ाालीमा राजनीतिक सरगर्मी बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७