अशोक राईको नाम सुनसरी-१ बाट सिफारिस


१६ भाद्र २०७९, बिहीबार
ashok rai

सुनसरी । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईको नाम सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट सिफारिस गरिएको छ । पार्टीको क्षेत्रीय समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राईको नाम सिफारिस गरेको हो ।

जसपा धरानका उपाध्यक्ष हेमराज जिमीले प्रतिनिधिसभामा उम्मेदवारीका लागि उनीसहित भीम राई र दीपक मेयाङ्बोको नाम सिफारिस गरिएको जानकारी दिए । ०७४ को आम निर्वाचनमा अशोक राई सुनसरी-१ बाटै उम्मेदवार बनेका थिए । जसपाले गठबन्धनका तर्फबाट सुनसरी-१ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रदेशतर्फ सुनसरी-१ ‘क’बाट प्रत्यक्षतर्फ नगेन्द्र लिम्बू, सुमित्रा राई र कृष्ण लिम्बूको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भीम राई, नरेश विक, दुर्गामाया लिम्बू, दीपक मेयाङ्बो र बलबहादुर मगरको नाम सिफारिस गरिएको जसपाले जनाएको छ ।

सुनसरी-१ ‘ख’बाट प्रत्यक्षतर्फ लीला राई, सन्देश राई, मोहन राई, प्रदीप कार्की र हेमराज याक्खाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ शशिकुमार विक, विपीन इवारम, बिनापुमा राई, एसा सुनुवार, तेन्जिङ शेर्पा, गोविन्दप्रसाद राई, मणि राई र सीता राईको नाम सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७