केन्याविरुद्ध आसिफको शतक प्रहार, नेपालको विजयी शुरुवात


१७ भाद्र २०७९, शुक्रबार
nep ken2022odi sT8ui0n1kq

काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ । आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्‍यो ।

आसिफले १२० बलमा १०८ रन बनाए । त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

त्यसअघि केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको थियो । यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३-२ ले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७