मोरङमा एकै दिन दुई जनामाथि सामुहिक बलात्कार, तीन जना समातिए, चार फरार


१८ भाद्र २०७९, शनिबार
Rape for nayapage

विराटनगर । मोरङका दुई वेग्ला-वेग्लै ठाउँमा बिहीबार राति दुई महिलामाथि सामुहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामुहिक बलात्कारका घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामुहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर-१४ जतुवामा पाँच जनाले सामुहिक बलात्कार गरेका हुन् ।

विराटनगर-१४ जतुवामा प्रेमीलाई नियन्त्रणमा लिएर किशोरीलाई सामुहिक बलात्कार गरिएको हो । विराटनगगर-१४ जतुवास्थित नहरको डिलमा भदौ १६ गते बिहीबार राति १० बजे १८ वर्षीया किशोरी बलात्कारमा परेकी हुन् । विराटनगरकै एक होटलमा साथीसँग जन्मदिन मनाएर उनीहरू फर्किएका थिए । जन्मदिन मनाएर प्रेमिकालाई छाड्न जतुवा पुगेका युवक र १८ वर्षीया युवतीलाई नहरको डिलमा मादक पदार्थ खाएर आएका पाँच जनाले शुरुमा आक्रमण गरे ।

कुटपिट गरी दुवैलाई नियन्त्रणमा लिए र १८ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । जन्मदिन मनाएपछि ती युवतीलाई प्रेमीले घर पुर्‍याउन मोटरसाइकलमा लैजाँदै थिए । घर पुग्नुभन्दा अगाडि उनीहरू विराटनगर १४ जतुवाअगाडि नहरमा गफ गरेर बस्दा बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भन्यो, ‘गफ गरेर बसिरहेका बेला मादक पदार्थ खाएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन् । दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो युवतीलाई बलात्कार गरेको खुलेको छ ।’

प्रहरीका अनुसार उक्त समूहको नियन्त्रणबाट युवक उम्किएर भाग्न सफल भएपछि उनले गाउँमा गएर होहल्ला गरेका थिए । स्थानीय भेला जम्मा हुन थालेपछि बलात्कारमा संलग्नहरू युवती छाडेर घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट युवक र युवतीका टाउको, अनुहार, कुहिनालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरिएको छ ।

साथीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँच जना युवकले सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ इकराइका २९ वर्षीय सन्तोष मण्डल हुन् । पक्राउ परेका मण्डल सामुहिक बलत्कार गर्नेमध्येका एक भएको प्रहरीले जनाएको छ । अन्य चार जना फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यता मोरङको जहदा गाउँपालिका-७ मा २ जना युवाले महिलामाथि सामुहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको प्रहरीले बताएको छ ।
राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

घटनामा संलग्न भएको आरोपमा जहदा-७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७