काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक


२४ भाद्र २०७९, शुक्रबार
35 Shares
karnali academy

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् ।

जिल्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्यभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरु नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकमीले आकस्मिक बाहेक सबै ठप्प पारेका थिए । प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।

ncll 2

यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गराएकी थिइन् । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका .लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७