बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


२५ भाद्र २०७९, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बाँके । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नम्बरको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकल चालक राप्तीसोनारी-३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७