जर्मनीका विदेशमन्त्री अचानक कीभ भ्रमणमा


२५ भाद्र २०७९, शनिबार
jarman foreign minister 16DRda7Nm8

किभ । जर्मन विदेशमन्त्री एनालेना बेरबक शनिबार आकस्मिकरुपमा कीभ आइपुगेकी छिन् । सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रहेको बताइएको छ ।

‘उनीहरू हामीमाथि भर पर्न सक्छन् भनेर देखाउन म आज कीभको यात्रामा निस्केकी छु । हामी हतियारको डेलिभरी, मानवीय र आर्थिक सहयोगका साथ आवश्यक भएसम्म युक्रेनको साथमा उभिनेछौं,’ मन्त्रीले थपिन् ।

पछिल्ला हप्ताहरूमा जर्मनीले कीभमा होविट्जर, रकेट लन्चर र एन्टी-एयरक्राफ्ट मिसाइलहरू पठाएको छ । यसैबीच पचास करोड युरोभन्दा बढीको थप सैन्य सहायता प्याकेजमा एन्टी-एयरक्राफ्ट सिस्टम, पिकअपमा राखिएका रकेट लन्चरहरू र एन्टी-ड्रोन उपकरणहरू जस्ता भारी हतियारहरू पनि रहेका छन् ।

यस हप्ताको शुरुमा बर्लिनले नेदरल्यान्ड्ससँग युक्रेनी सैनिकहरूलाई डिमाइनिङको तालिम दिने बताएको थियो । मन्त्री बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पीडाप्रति सहानुभूति देखाएजस्तो गर्न थालेका छन् हामीलाई त्यसको भरोसा छैन ।

‘उनी सोच्छन् कि यस्तो कदमले हाम्रो समाजलाई झुटले विभाजित गर्न सक्छ र हामीलाई ऊर्जा वितरणको बहानामा ब्ल्याकमेल गर्न सकिन्छ’ मन्त्रीले थपिन् । ‘यस्तो सहानुभूतिले काम गर्नु हुँदैन र काम गर्दैन पनि । किनभने सबै युरोपलाई थाहा छ कि युक्रेनले हाम्रो शान्तिको रक्षा गरिरहेको छ’, उनले भनिन् ।

मन्त्री बेरबक गत मे महिनामा कीभ भ्रमण गर्ने पहिलो वरिष्ठ जर्मन सरकारको प्रतिनिधि थिइन् । त्यस भ्रमणका क्रममा उनले देशमा जर्मनीको दूतावास पुनः खोल्ने घोषणा समेत गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७