बरुण हाइड्रोपावरको हकप्रद शेयरमा दरखास्त दिने समय थप


२६ भाद्र २०७९, आईतवार
IPO

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो । तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

बरुणले हकप्रद शेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो । साउन १ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७