चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरे


२६ भाद्र २०७९, आईतवार
veda

दार्चुला । दार्चुलाको नौगाडमा चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरेका छन् । नौगाड गाउँपालिका-४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३६९ भेंडाबाख्राको चट्याङ परेर मरेका स्थानीय हरकसिंह धामीले जानकारी दिए ।

नौगाड-४ का डम्बरसिंह धामी, वीरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना र मार्मा गाउँपालिका-५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रूपमा चार सय ४२ भेंडा पालेका थिए । तीमध्ये ७३ भेडाबाख्रा मात्रै जीवित भेटिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७