पाँच प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना


३० भाद्र २०७९, बिहीबार
rain

काठमाडौं । देशभरको मौसममा आज (बिहीबार) आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

राति लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७