रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता


३१ भाद्र २०७९, शुक्रबार
Xi Putin1660924459
फाइल फोटो

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।

भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गरेका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो ।

चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गरेको छैन तर युद्ध शुरु भएयता दुई देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ । यसअघि दुई शीर्ष नेताहरुबीच शीतकालीन ओलम्पिक्सका क्रममा बेइजिङमा गएको फेब्रुअरीमा भेट भएको थियो । त्यसको केही दिनमै रुसले युक्रेन आक्रमण शुरू गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७