मध्यान्तरअघि भारतविरुद्ध नेपाललाई एक गोलको अग्रता


३१ भाद्र २०७९, शुक्रबार
goal 1

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ । नेपालले मध्यान्तर अघिको खेलमा भारतलाई १-० गोलले पछि पारेको छ ।

पहिलो हाफ सकिँदा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् । नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेकी छिन । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण मैदान बाहिर छिन् । आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७