कांग्रेसमा ‘गम्भिर’ विवाद : संस्थापन र कोइराला समूहको अलग–अलग समानुपातिक बन्दसूची


४ आश्विन २०७९, मंगलवार
Nepali congress 1

काठमाडौं : समानुपातिक उम्मेदवारको बिषयमा नेपाली कांग्रेसमा गम्भिर विवाद भएको छ । समानुपातिक उम्मेदवारको बिषयमा संस्थापन समूह र इतर समूहविच सहमति नभएपछि निर्वाचन आयोगमा दुबै समूहले आ–आफ्नो समानुपातिक उम्मेदवारको दुईवटा बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाएका थिए । सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको सूची महामन्त्री शर्माले बुझाएका हुन् । संस्थापन समूहको सूचीबाट आक्रोशित बनेको शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको निर्वाचन आयोग स्रोतको भनाई छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संस्थापन समूह र कोइराला समूहको अलग–अलग समानुपातिक बन्दसूची आयोगमा पुगेपछि सहमतिको साथ सच्चाउनका लागि अर्का महामन्त्री गगन थापा सक्रिय रहेको कांग्रेस स्रोतको भनाई छ । बाहिर गलत सन्देश जाने भन्दै दुबै महामन्त्री थापा सक्रिय भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७