एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रात-दिन धुप हाल्छन् : प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार
21 Shares
prachanda 6
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रात-दिन धुप हालेर बस्ने गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘एकथरी मान्छेहरु बसेर रात दिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, उनले भने, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए । ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यन्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ ?’ प्रचण्डले थपे, ‘हामीमाथि हुँदै नभएको झूटा आरोपहरू किन लगाएका छन ? काल्पनिक कपोकल्पित आरोप किन लगाइन्छ ?’

jagdamba.cement

आफू केही समय अघि भारत भ्रमणमा जाँदा समेत त्यस्तै झूटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले बताए । ‘म केही समय अघि भारत गएको थिएँ । त्यहाँ हुँदै नभएको भेट्दै नभेटेको मान्छे भेट्यो भन्दै भन्दै प्रचार गरियो । यति बुँदे सहमति भारतमा प्रचण्डले गर्‍यो भन्ने जस्ता नितान्त झूटा प्रचार गरियो । यस्तै प्रचार लगातार गर्न थालिएको छ ’ प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७