एउटै नदीबाट दुई ठूला जलविद्युत : सडक निर्माणको ढिलाइले आयोजनामा समस्या


९ आश्विन २०७९, आईतवार
jagadulla

सुर्खेत । १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ ।

jagadulla 1

एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ । नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबाट ८२.३ मेगावाट विद्युत उत्पादन हुने जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

डिपिआरको काम सम्पन्न भएपछि १२२ भन्दा माथी विद्युत उत्पादन हुने सम्भावना समेत देखिएको अधिकारीले जानकारी दिए । जगदुल्लाको अहिले मुआव्जा, विद्युत खरिद बिक्र्री (पिपिए), लगायतका कामहरु सम्पन्न भइसकेका छन् । विभिन्न निकायबाट शेर लगानी गरे बाफतको रकम समेत भुक्तानीको काम समेत चलिरहेको छ ।

विद्युत उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८०० कित्ता शेर , हाइडो्रइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेर, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेर , कणर्ाली प्रदेश सरकारको ११ लाख ७१ हजार ५०० शेर र स्थानीय तह ( जलदुल्ला , मुड्केचुला) २३ लाख ४३ हजार शेर गरी जम्मा त्रिसठ्ठी लाख उनान्पचास हजार तीन सय कित्ता शेर बाफत रु ६३ करोड ४९ लाख ३ हजार रुपैयाको शेर बाफत रकम कम्पनीले लिइरहेको छ ।

विद्युत उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।

hydro 1

विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५/५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रर्वधनात्मक सेयर रहेको छ । यही आर्थिक वर्षको अन्तिम सम्मा कम्पनीद्घारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठाउँबाट शेर बाफतको रकम आइसकेको र केही ठाउँको मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।

१०६ मेगावाटको अर्ध-जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना निर्माणको पूर्व तयारी गरिरहेको कम्पनीले १२२ मेगावाटको जगदुल्ला ’ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले एक सूचना निकालेर जगदुल्ला-ए आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पार्नका लागि बोलपत्र अगष्ट २१ -२०२२ मा निकालेर नौ महिनामा प्रतिवेदन तयार पार्नेगरी बोलपत्र आह्वान गरिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । उनका अनुसार क्यासकेडका रुपमा निर्माण गर्न लागिएको यो आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।

विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन र डिजाइनको काम गरिरहेको छ । जसले अध्ययनको ड्राफ्ट तयार पारिसकेको छ । एक वर्षभित्र यो आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । कम्पनीले जगदुल्ला ’ए’ जलविद्युत आयोजनाको ८२.३ मेगावाटमा लाइसेन्स लिएको छ । तर अध्ययनले १२२ मेगावाट बनाउन सकिने देखिएको छ । क्षमता संशोधनका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिइसकेको छ ।

यो आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। क्यासकेड आयोजना रहेका कारण हेडवक्र्स बनाइरहनु पर्दैन । सोही कारण जगदुल्ला जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्स बनाएर सुरुङमार्गमार्फत जाजकोट , रुकुम पश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत उत्पादन हुनेछ। त्रिवेणीमा आयोजनाको पावर हाउस रहने छ । आयोजनाको क्षमता संशोधनका लागि प्रस्ताव गरिएकाले लगानी कति हुने भन्ने एकिन नभएको बताइएको छ ।

डोल्पाको जगदुल्ला नदीमा आयोजना निर्माण हुनेछ। १ वर्षमा पूर्व तयारी सकेर ४ वर्षमा व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य छ । ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ मेगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

जगदुल्लाको पूर्व तयारीका काम हुँदै
कम्पनीले जगदुल्ला जलविद्युत आयोजना निर्माण अघिका पूर्व तयारीको कामहरु भइरहेको जनाएको छ । यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । एनइए इन्जिनियरिङ कम्पनीले चार वर्ष लगाएर विस्तृत अध्ययन गरेको हो । अहिले पहुँचमार्ग (एक्सेस रोड) निर्माणको काम चलिरहेको छ । ६ महिनामा पहुँचमार्ग निर्माणको काम सक्ने योजना छ । त्यसपछि खरिदमा गएर आयोजनाको काम सुरु गर्ने तयारी छ ।

कम्पनीले कामदार, परामर्शदाता, अफिसका लागि भवन निर्माणको ठेक्का निकालिसकेको छ । प्राविधिक सहयोगीको रुपमा परामर्शदाता हायर गर्ने बोलपत्र आह्वान गरिसकेको छ । आयोजनाको ठेक्का व्यवस्थापन, कामको अनुगमन, बिडिङ डकुमेन्ट लगायतको सहयोगका लागि परामर्शदाता नियुक्त लगाएतका कामहरु निरन्तर भइइरहेका छन् । ठूलो ठेक्कामा प्राविधिक सहयोगका लागि परामर्शदाता कम्पनी अनिवार्य रुपमा राख्नुपर्छ ।

जगदुल्ला डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिमा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ । यो आयोजना सुरुमा ३०७ मेगावाट जलाशययुक्त निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । कमजोर भुगोलका कारण क्षमता घटाएर अर्धजलाशयुक्त बनाउन लागिएको हो । यो आयोजनाका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न करिब ४५ किमिको १३२ किलोभोल्ट क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । ९ महिनामा प्रसारणलाइनको विस्तृत अध्ययन सक्ने योजना छ ।

भेरी करिडोरको जाजरकोट डोल्पा सडक निर्माण गर्ने ठेकेदारको कामलाई गती नदिदा जलविद्युत आयोजना निर्माणमा ढिला भएको छ । पासागाड रिम्ना सम्मा पिच गर्ने जिम्मावारी लिएको ठेकेदार कम्पनी एती विलड्रस प्रालिले तोकिएको समयमा काम नगर्दा समस्य हुँदै आएको । रिम्ना देखि तल्लुसम्मको सडकमा कालेपत्रेको जिम्मेवारी समेत यही कम्पनीले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७