सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटमा सहमति, बालुवाटारमा बैठक जारी


११ आश्विन २०७९, मंगलवार
gathabandan karyadal

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट लागि सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ ।

गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७