रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै


१२ आश्विन २०७९, बुधबार
rabindra rajendra

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दैछन् ।
राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् । कार्यक्रम आज दिउँसो १ बजे हुँदैछ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए ।

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलगिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७