तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ-काठमाडौँ उडान सुरु गर्दै


१२ आश्विन २०७९, बुधबार
cathay pacific honkong

काठमाडौं । कोभिड-१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ-काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ-काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।

उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौँ-हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘क्याथे प्यासेफिकले हङकङ-काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ-काठमाडौँ उडान पुनः सञ्चालन हुनेछ ।’

कोभिड-१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौँ-हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७