नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो


१३ आश्विन २०७९, बिहीबार
7 Shares
nimto

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद-०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणापत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई ३ कार्तिकमा पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणापत्र प्रदान गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य-सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।

ncll 2

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ११ असोज निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७