बालकोटमा एमाले सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डाहरु


१३ आश्विन २०७९, बिहीबार
amale balkot

काठमाडौं । उम्मेदवारको टुंगो लगाउन बोलाइएको नेकपा एमाले सचिवालय बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिए पनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइको थियो । एक घण्टा सारेर ४ बजेका तय गरिएपनि भर्खर मात्र शुरु भएको हो । पार्टी प्रवेशलगायतका कारण बैठक बस्न ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७