महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन {फोटो फिचर}


१४ आश्विन २०७९, शुक्रबार
Laxmi Prasad Devkota 2

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्व पदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो । संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरु राखिएको छ ।

Laxmi Prasad Devkota 1
Laxmi Prasad Devkota 2
Laxmi Prasad Devkota 3
Laxmi Prasad Devkota 4
Laxmi Prasad Devkota 5
Laxmi Prasad Devkota 6
Laxmi Prasad Devkota 7
Laxmi Prasad Devkota 8
Laxmi Prasad Devkota 9
Laxmi Prasad Devkota 10
Laxmi Prasad Devkota 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७