बाख्रापालनबाटै आत्मसन्तुष्टि


१४ आश्विन २०७९, शुक्रबार
140 Shares
goat1

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बसे । साउदीमा बस्दा उनको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उनी २०८५८ सालमा घर फर्किए ।

घर फर्किएपछि अब विदेश नजाने सोच उनमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ उनले विसं २०६२ बाट बाख्रापालन सुरु गरे । ‘सुरुमा त के गर्ने भन्ने लागिरहेको थियो, पछि पशुपालन गर्छु भन्ने सोच आयो, परिवारसँग पनि सल्लाह गरेर बाख्रापालन सुरु गरें’, आले भन्छन्, ‘सुरुआती चरणमा थोरै बाख्रा पालेर व्यवसायलाई अगाडि बढाएँ ।’ विसं २०७२ मा भने फार्म नै दर्ता गरी व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको आले बताउँछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

परिवारसँगै बसेर घरमै व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् । ‘अर्काको देशमा घरपरिवार छाडेर बस्दा मन कत्ति पनि रमाउँथेन, अहिले परिवारसँगै बसेर बाख्रापालन गर्दा सन्तुष्टि मिलेको छ ।’ण् विदेशमा भेडाबाख्रा चराउने काम गरेको अनुभव आलेलाई स्वदेशमा फाइदा भएको छ ।

ncll 2

आलेलाई जेठो छोरा र श्रीमतीले बाख्रापालनमा सघाइरहेका छन् । ‘श्रीमती र छोराको सहयोगले पनि बाख्रापालन व्यवसाय अगाडि बढाउन मद्दत मिलेको छ’, उनले भने । विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर केही न केही काम गर्न सके आनन्द आउने उनले सुझाव दिए ।

jagdamba.cement

आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक रु चार÷पाँच लाख आम्दानी हुने गरेको छ । बाख्रा बिक्रीका लागि कुनै समस्या छैन । बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने गरेका छन् । सोही ठाउँका रुपबहादुर थापा पनि बाख्रापालनमा आबद्ध छन् । उनले ५० भन्दा बढी बाख्रापालन गरिरहेका छन् । ‘बाख्रापालन नै आम्दानीको मुख्य स्रोत हो, बाख्रा पालेरै घरखर्च चलाउँदै आएको छु’, उनी भन्छन्, ‘आफूले जे गरेको छ त्यसमै सन्तुष्टि हुनुपर्छ ।’

यही ठाउँकै आइतसिंह आले, सन्तबहादुर आलेलगायत २१ घरधुरी बाख्रापालनमा आबद्ध छन् । सबैले १५÷२० वटा बाख्रापालन गरिरहेका छन् । यहाँका स्थानीयवासीको घरमा बाख्रा नहुने कुनै घर छैन । यहाँका स्थानीयवासीले यस वर्षको दसैँका लागि रु सात लाख बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले पालेका ३० वटा बाख्रा एकैचोटि बिक्री गरिएको छ । प्रतिकिलो रु पाँच सय ८० का दरले बाख्रा बिक्री गरिएको छ । भीमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आले २०६८ सालदेखि बाख्रापालनमा आबद्ध छन् । उनको बाख्रा फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् । आलेले बाख्रापालनबाट वार्षिक रु आठ÷नौ लाख आम्दानी गर्छन् ।

आत्मविश्वास, हातमा सीप र निरन्तरको प्रयासले मानिस सफल हुन्छ भन्ने प्रमाणित आलेले गर्नुभएको छ । विसं २०६८ सालमा सव ओभरसियरको पढाइ उत्तीर्ण गर्ने बित्तिकै आलेले व्यावसायिक रुपमा बाख्रापालनमा सुरु गरेका थिए । बुबाले परम्परागत रुपमा बाख्रापालन गर्दै आएकामा आलेलाई त्यसलाई व्यावसायिकमा रुपान्तरण गरेका थिए ।

सव ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्दै गाउँलेले भन्ने गरेको स्मरण गर्दै आले सम्झिन्छिन्, ‘मैले गाउँमै बसेर पशुपालनमार्फत् गाउँलाई नमूना बनाउँछु भन्ने अठोट लिएर यसतर्फ अगाडि बढे ।’

बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे पनि उनले आफ्नो कर्म कहिल्यै छाडेनन् । फलस्वरुप उनी अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल भएका छन् ।

आलेले बाख्रापालनका लागि १५ हजारभन्दा बढी घाँसका बिरुवा रोपेका छन् । ‘पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको विदेश जाउ पनि भन्थे तर अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन्’, उनी खुसी हुँदै भन्छन् ।

साना किसान लघुवित्तमार्फत दश महिना इजरायल बसेर फर्किएका आलेले पशुपालनको क्षेत्रमा थप कुरा सिक्ने अवसर पाएको उल्लेख गरे । आले भन्छन्, ‘इजरायलमा बस्दा कृषिको बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभावमा पनि इजरायलमा राम्रो खेती भएको रहेछ । हाम्रोमा त प्राकृतिक रुपमा नै पानी प्रशस्त छ त्यसलाई सदुपयोग गर्नसके धेरै काम गर्न सकिन्छ ।’

साना किसान सहकारीबाटै आलेले केही दिन अगाडि मात्रै रु एक लाख बराबरको पुरस्कार प्राप्त गरेका छन् । उनी जिल्लाबाट पनि उत्कृष्ट बाख्रापालक कृषकको रुपमा पुरस्कृत भइसकेका छन् । भिमाद नगरपालिका–९ का वडा सदस्य रहेका आलेले बाख्रापालनबाटै नाम र दाम कमाएको उल्लेख गरे । ‘मलाई बाख्रापालनबाटै जिल्ला र देशभरि चिन्छन्’, आलेले भने ।

पाथर्दीका हरेक घरधुरी बाख्रापालन व्यवसायमा आबद्ध छन् । यहाँका ६० घरधुरीले बाख्रापालनबाट आम्दानी गरिरहेका छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, श्रीमाया आले, खेमबहादुर थापा, टकबहादुर थापा लगायत व्यावसायिक बाख्रापालनमा आबद्ध छन् ।

परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहेका छन् । यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ ।

परम्परागत रुपमा बाख्रा पाल्दै आएकी श्रीमाया आलेले व्यावसायिक बाख्रापालनका लागि लाखौँ खर्चिएर सुधारिएको खोर निर्माण गरेकी छन् । आलेले रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरेकी छन् । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँ बनाइएको छ । खोरमा दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

बाख्रापालनका लागि आलेले १५ रोपनी क्षेत्रफलमा घाँस खेती गरेकी छन् । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाँकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँस खेती गरिएको आलेले बताइन् ।

बाख्रापालन आम्दानीको मुख्य स्रोत बनेको बाख्रापालक कृषक नरमाया थापा बताउँछिन् । थापाले भनिन्, ‘पहिला–पहिला बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान नै थिएन । मकैमा हाल्न मलको लागि मात्रै बाख्रा पाल्थ्यौँ ।’ निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि व्यावसायिक रुपमा नै बाख्रापालनलाई अगाडि बढाइएको उनले बताइन् ।

उनले २६ वटा बोयर जातको बाख्रा पालेकी छन् । बाख्रालाई खुवाउनका लागि किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँस खेती गरिएको छ । बाख्रापालनबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

पाथर्दीलाई बाख्रापालनको नमूना गाउँ बनाउने लक्ष्य राखिएको छ । पाथर्दीलाई बोयर जातको बाख्राको स्रोत केन्द्र बनाउने लक्ष्य राखिएको निवर्तमान वडाध्यक्ष इमान थापाले बताए । ‘पर्यटन र पशुपालनलाई जोडेर यस ठाउँको विकास गर्न लागेका छौं’, उनले भनेलठे ।

तनहुँमा पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । यहाँका भौगोलिक अवस्थित र हावापानीको विविधता एवं विशिष्टिताले गर्दा बाख्रापालनका लागि सम्भावना रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ बताउँछन् । ‘बाख्रापालनबाट आम्दानी हुन थालेपछि कृषकको यसप्रति आकर्षण बढ्दो छ, परम्परागत रुपमा मात्रै बाख्रा पालिरहेकाले पनि व्यावसायिक बनाएका छन्’, डा. श्रेष्ठ भन्छन् ।

आर्थिक वर्ष २०७७/७८ मा बाख्राको संख्या ३८ हजार सात सय ३७ रहेकामा २०७८/७९ मा ३९ हजार चार सय ३४ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा तीन सय १० बाख्राफार्म रहेकामा २०७८/७९ मा ३१ नयाँ बाख्रा फार्म थपिएको केन्द्रले जनाएको छ । केन्द्रले कृषकलाई बाख्रापालनतर्फ आकर्षित गराउने उद्देश्यले अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७