माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश


१७ आश्विन २०७९, सोमबार
Chhakka Lama and KP Oli

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाका निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए । २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।

उनीसहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिन लागेको छ । यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७