बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जुट्न लागेको हो सहमति ?


१७ आश्विन २०७९, सोमबार
Satta gathabandhan meeting Thrusday

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल अघि बढेको गठबन्धनका एक नेताले जानकारी दिएका छन् ।
यसअघि नै सत्ता गठबन्धनका दलहरुबीच मोटामोटी सहमति भइसकेको छ । आज बस्ने बैठकले औपचारिक टुंगो लगाउने तयारी रहेको ती नेताले जानकारी दिए ।

सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका नेताहरु केही समययता निरन्तर छलफलमा जुटेका छन् । तर, कुनै निष्कर्षमा पुगेका छैनन् । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७