राष्ट्रपतिद्वारा नव कन्याको गोडा धोएर पूजा


१८ आश्विन २०७९, मंगलवार
kanya

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् ।

VishnuprasadGhimire KTM RSS 182 1 1536x830 1

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दशैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् ।
उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्य समेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७