प्रचण्डले यस वर्ष पनि लगानन् दशैँको टीका


१९ आश्विन २०७९, बुधबार
Prachanda 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पनि दशैँको टीका लगाएनन् । बुधबार परिवारका सबै सदस्यहरूले टीका लगाए पनि प्रचण्डले लगाएका छैनन् ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोहरूमा प्रचण्डले टीका लगाएका छैनन् ।
प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसहित परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।

जनयुद्धमा होमिएपछि प्रचण्डसहित तत्कालीन माओवादी नेताहरूले दशैँसहितका चाडबाड बहिष्कार नै गरेका थिए । पछिल्ला वर्षहरूमा प्रचण्डको परिवारका सदस्यले दशैँको टीका लगाउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७