सभामुख सापकोटा सरकारी निवास छाडेर कौशलटार सरे


२२ आश्विन २०७९, शनिबार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्नि सापकोटाले सरकारी निवास छाडेका छन् । आइतवार प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुने भएपछि सासपकोटाले सरकारी निवास छाडेका हुन् ।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका सभामुख सापकोटा शनिबार आफ्नै डेरा सरेका हुन् । प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका उनको पदावधि नयाँ सभामुख नआउन्जेल कायम रहन सक्छ ।

यद्यपि यसाबरेमा अदालतले निर्णय लिने उनले बताएका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुन लागेको चुनाव नलड्ने घोषणा गरेका थिए । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट विजयी भएका थिए ।

उनले युवाहरुलाई अघि बढाएर नेतृत्व विकास गर्न आफूले चुनावमा नउठ्ने घोषणा गरेको बताएका छन् । उनी नउठ्ने भएपछि उनको ठाउँमा माधव सापकोटालाई माओवादीले टिकट दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७