डेंगु नियन्त्रणमा स्थानीय सरकारको सक्रियता : डोकोमा बोकेर दुर्गम गाउँमा ‘फगिङ्ग मेसिन’


३० आश्विन २०७९, आईतवार
dengue gun

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई गाउँ तह सम्म पुर्‍याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ ।

नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दाहालले शंकास्पद ज्वरोका बिरामी देखिएपछि कटारी नगरपालिका–१ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पठाएको जनाएका छन् ।

कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको छ । कटारी अस्पतालका सूचना अधिकारी नविन बस्नेतले अस्पतालमा नियमित ज्वरोका बिरामी आउने गरेको बताए । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेंगु परीक्षण गर्ने गरेका छौं ।’

बस्नेतले भने, ‘ज्वरो आउने बित्तिकै डेंगुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ । सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामग्री बोकेर नगर प्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७