विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम


१ कार्तिक २०७९, मंगलवार
35 Shares
talim

बारा । विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङले सामग्री हस्तान्तरण गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
talim 1

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रिटर्नी माइग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सिल, युरोपियन युनियन र युएनडिपीलगायत संस्थाहरूको सहयोगमा निजगढ र कोल्हबीमा विदेशबाट फर्किएका युवाहरूका लागि दिइएको एक महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको हो ।

ncll 2

युवाहरूलाई विद्युत, डकर्मी र धारा जडानसम्बन्धी तालिम दिइएको थियो । तालिमका लागि छनोटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले एक सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवालाई तालिम दिएको थियो ।

jagdamba.cement

तालिमपछि सहभागीहरूका स्किल टेष्ट गरिएको र उनीहरूले काम गर्ने औजारहरू वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले जानकारी दिए । स्किल टेष्टमा सहभागी भएका युवाहरूलाई व्यावसायिक रूपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने सचिव घिमिरेले बताए । उनले तालिम प्राप्त युवाहरूलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथाशक्य सहयोग गर्नुपर्ने बताए ।

कोल्हबीमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माइग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, समृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७