चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ


१ कार्तिक २०७९, मंगलवार
bike

वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–१३ का सुमित कुशवाहा, वीरगञ्ज–१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज–११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरी पोखरिया नगरपालिका–६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७