यतीको विमानको पांग्रा ‘लक’, पोखरा विमानस्थल बन्द


२७ चैत्र २०७४, मंगलवार
yeti airlines 1042018103256

काठमाडौं, २७ चैत : काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइन जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएपछि धावन मार्गमै रोकिएको छ ।yeti airlines 1042018103256

२८ यात्रु बोकी पोखरा पुगेको उक्त जहाज पांग्रा लक भएर धावनमार्गमा अड्किएपछि पोखरा विमानस्थल अहिलेलाई बन्द गरिएको छ । सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ ।

पोखरा विमानस्थलमा रहेका प्राविधिकको टोलीले विमान मर्मतको प्रयास गरिरहेका छन् । चैत ४ गते पनि यतीकै विमानको भैरहवा विमानस्थलमा अवतरणको क्रममा पांग्रा लक भएर धावनमार्गमै रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७