पार्टीभित्रैबाट असहयोग भए पनि विकासका काम गरें : अध्यक्ष ओली


१३ कार्तिक २०७९, आईतवार
Kp oli jhapa 1 scaled
फाइल फोटो

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् ।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दा–छेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए ।

उनले हिजोका काम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए । पूर्व प्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७